सुचना, समाचार र मनोरन्जन

‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसन नेपाल’का प्रतियोगीले देखाए कल्चर

काठमाडौंँ :

‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’का प्रतियोगीले आ–आफ्नो कल्चर प्रदर्शन गरेका छन्। इन्द्रजात्राको अवसर पारेर आयोजित प्रतियोगीताको ‘कल्चर शो’ सेगमेन्ट अन्तर्गत उनीहरुले अनौठो र जीवनशैलीसँग जोडिएका कल्चर सामाग्री प्रदर्शन गरेका हुन्।

प्रतियोगीतामा बिभिन्न समुदायका १२ प्रतियोगी छन्। ति प्रतियोगीलाई एक अर्काको कलासंस्कृति र कल्चरको जानकारी गराउने उदेश्यले कल्चर शो आयोजना गरिएको ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले बताइन् ।

Chaka Panja

बिहिबार नक्साल स्थित एटिक भेन्युमा आयोजित कल्चर शोमा सेलिब्रेटी, पुर्व मिस एण्ड मिसेज हेरिटेज, प्रतियोगीका अभिभावकलेको सहभागतिा रहेको थियो । प्रतियोगीको अन्तिम स्पर्धा अगामी शुक्रबार आयोजना हँुदैछ । प्रतियोगी बिभिन्न प्रशिक्षण सहित फाइनल स्पर्धामा उत्रिने आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए।

प्रतियोगीताका विजेता ‘मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’ दुबैले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उदेश्यले आयोजना हँुदै आएको प्रतियोगीता हो।

सन् २०१६देखि नियमित नेपालको सहभागीता रहँदै आएको प्रतियोगीतामा गतबर्ष (२०२२)मा परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा प्रतिनिधित्व गरेका थिए। जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए।

Leave A Reply

Your email address will not be published.