सुचना, समाचार र मनोरन्जन
Auto

‘टाइगर ३’सँग भिड्दै निश्चलको ‘दिमाग खराब’

काठमाडौं :

कात्तिका २४ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘दिमाग खराब’ र बलिउड फिल्म ‘टाइगर ३’प्रदर्शनमा आउने भएको छ।तिहारको छेको पारेर बलिउड अभिनेता सलमान खानको ‘टाइगर’ फ्रेन्जाइजको तेस्रो श्रृंखला र नेपालका निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ भिड्ने भएका हुन्।

sfal

नेपाली भन्दा बलिउड फिल्मले राम्रो कमाई गर्ने हुँदा नेपाली वितरकहरु ‘टाइगर ३’लाई किन्न दौडधुप लागेका छन्। यस फिल्मलाई मल्टीप्लेक्सहरुले राम्रो शो दिने निश्चित भएपछि वितरकहरुको ध्यान यता खिचिएको देखिन्छ।

ब्लिउड फिल्मले उच्च शो पाएको खण्डमा निश्चलको ‘दिमाग खराब’लाई असर पर्ने देखिन्छ। ‘दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशनमा फर्किएका छन्। उनले यसअघि निर्देशन गरेको फिल्म‘लुट’ले पुरानो शैलीका फिल्मलाई विस्तावित नै गरेको थियो।

Leave A Reply

Your email address will not be published.