सुचना, समाचार र मनोरन्जन
Auto

लोक संस्कृति र भेषभुषा हराउँदै गएकोमा संगीतकर्मीको चिन्ता,स्कुलमा राखियो प्रशिक्षण कार्यक्रम

काठमाडौं :

नेपालमा पछिल्लो समय बालबालिकाहरुले नेपालका लोक लय तथा ठेट भाषाको बिर्सिदै गइरहेका छन्। यस्तो अवस्थामा राज्यले कुनै पहल नगरेपछि राष्ट्रिय लोक साँस्कृतिक संघले स्कुल स्कुलमा शिक्षामा लोक संगीतको स्थान र महत्वको विषयमा विद्यार्थीसँग प्रशिक्षण कार्यक्रम गर्न थालेको छ।

बिहिबार काठमाडौंको अनामनगरस्थित नेपाल मेगा स्कुलका विद्यार्थीसँग संघले लोक गीत संगीतका बारेमा जानकारी दिएको छ। स्कुलका भाइस प्रिन्सिपल रमेश चापाँगाईको सभापतित्वमा कार्यक्रमको आयोजना भएको थियो। कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लोक तथा साँस्कृतिक विषयहरु हराउदै गएको चिन्ता व्यक्त गरे।

‘विश्वमा हाम्रो पहिचान के हो त भन्दा खेरि लोक संस्कृति नै हो। जब हाम्रो लोकसंस्कृति नै छैन,पहिचान नै छैन भने हाम्रो अस्तित्व छैन,‘उनले भने,‘हाम्रो देशको संस्कृति विश्वमा देखाउनका लागि हामीले जोगाउन आवश्यक रहेको छ। सबैलाई यो संरक्षण्मा जुट्न आग्रह गर्दछु।’

राष्ट्रिय लोक साँस्कृतिक संघका उपाध्यक्ष तथा संगीतकार दीपक शर्माले पछिल्लो समय बालबालिकाहरुले नेपाली संस्कार र संस्कृति नै बिर्सेको बताए।

‘अहिले हरेक बालबालिकाहरुले नेपाली भन्दा विदेश गीतहरु गुनगुनाउन थाल्नुभएको छ,’उनले भने,‘नेपाली गीतसंगीत तथा संस्कृति नै लोप हुने अवस्था आएको हुनाले स्कुल स्कुलमा शिक्षामा लोक संगीत स्थान र महत्वको विषयकको प्रशिक्षणको कार्यक्रम राख्नु परेको हो।’

sfal

यदि यसको संरक्षणमा कोही नजुट्ने हो भने नेपालीको पहिचान नै हराउने बताए। यता राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्यायले पनि पछिल्लो पुस्ताले नेपाली लोक संस्कृति र भेषभुषा नै बिर्सन लागेको भन्दै संरक्षणमा जुट्न सबैलाई आग्रह गरे।

उनले अहिलेको अवस्थामा नेपाली संस्कृति नै हराउन लागेको भन्दै चिन्ता व्यक्त गरे। गायक तथा संगीतकार नरहरि प्रेमीले नेपाली लोक संस्कृति पछिल्लो समय सबैले विर्षन लागेको भन्दै यसलाई जोगाउन पछिल्लो पुस्ता लाग्नु पर्ने बताए।

नेपालको पुर्व र पश्चिमका लोक भाका गीत गाउदै उनले नेपालको संस्कृति पनि भुगोल अनुसार फरक रहेको बताए।
‘अहिलेका पुस्ताले नेपाली भन्दा पनि विदेशी गीत संगीतमा रमाउन थालेका छन्’,उनले भने,‘अहिले देखि नै नेपाली लोक संस्कृति र भेषभुषा जोगाउन सकिएन भने हाम्रो पहिचान नै संकटमा पर्ने देखियो। त्यसका लागि नेपालका भेग अनुसारको लोक गीत संगीत सुन्न जरुरी रहेको छ।’

उनले नेपालका ठाउँ अनुसार फरक फरक खाल्का लोकभाका,भेषभुषा र लवज रहेको बताए। उनले पश्चिम तिर देउडा गीत,तराईमा मैथिली र पुर्व जिल्लामा मारुनी,सोरठी गीत गाउने गरेको स्कुलका विद्यार्थीलाई सुनाए। चलचित्र निर्देशक तथा राष्ट्रिय लोक तथा साँस्कृतिक संघका सल्लाहकार माधवराज खरेलले पछिल्लो समय नेपाली भाषा नै भुल्न थालेको बताए।

उनले भने,‘अहिले हरेकको मुखमा नेपाली शब्द भन्दा पनि अंग्रेजी शब्दहरुले डेरा जमाएको छन्। अहिले कसैको फोन नम्बर सोध्नु पर्यो भने नेपालीमा नबुझेर अंग्रेजीमा भन्नु परेको छ। यसले नेपाली भाषा र लोकलय संस्कृति हराउदै गएकोमा हामीले संरक्षण गर्नु जरुरी देखेको छु।’

कार्यक्रमलाई संगीतकार दीपक शर्मा आफैले सञ्चालन गरेका थिए।

Leave A Reply

Your email address will not be published.