सुचना, समाचार र मनोरन्जन

बिर्तामोडमा ‘ओ डार्लिङ काले काले छौ’ सार्वजनिक

काठमाडौं :

झापामा ‘ओ डार्लिङ काले काले छौ’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। पश्चिमेली फ्लेभरले सजिएको यस गीतले समकालीन संगीतप्रेमीहरूलाई नयाँ अनुभूति दिने विश्वासका साथ गीतको भिडियो रिलिज भएको हो।

गायिका जुनु प्रसाईको जन्मदिनको अवसरको सुखद संयोगले कार्यक्रमलाई अझ उल्लासमय र स्मरणीय बनाएको थियो। उपस्थित अतिथि तथा संगीतप्रेमीहरूले एकैसाथ गीत विमोचन र जन्मदिनको खुशी साटासाट गर्दा वातावरणमा आत्मीयता र उत्साह झल्किएको देखिन्थ्यो। गीतमा गायक सन्तोष बिसी र गायिका जुनु प्रसाईले स्वर दिएका छन् भने शब्द तथा सिर्जना रमेश परियारको छ।

उक्त गीत गीतकार तथा उच्च अदालतका पूर्व न्यायाधीश भीमकुमार ओझाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कार्यक्रममा गीतकार भीमकुमार ओझा ले गीतको विषयमा प्रकाश पार्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए।

Leave A Reply

Your email address will not be published.