काठमाडौं :
नेपाली मौलिक कला, संस्कृति र परम्परालाई समेटिएको नयाँ कौराह गीत ‘कालिगंगा’ को भिडियो सार्वजनिक गरिएको छ। निर्माण टिमले अग्रज पत्रकार सानु श्रेष्ठको प्रमुख आतिथ्यता,गीतकार माधव भण्डारी अतिथिमा गीतको भिडियो रिलिज गरेको हो।
कार्यक्रममा अन्य गीत संगीतका विशिष्ठ व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो। गीतमा नेपाली माटोको सुगन्ध, स्थानीय जीवनशैली तथा सांस्कृतिक पहिचानलाई सशक्त रूपमा प्रस्तुत गरिएको सर्जकहरूको भनाई छ। गीतका शब्द तथा संगीत बिजेन्द्र नौबागेले तयार पारेका हुन् भने स्वर रुपक डोटेल र बिमला सुनारले दिएका छन्।
बिजेन्द्र नौबागे, अश्मिता रणपाल,राजकुमार नौबागे, विनोद कार्की, पदम क्षेत्री, माइली सुनार लगायत बाल कलाकार शोहन सुनार र शलोन सुनारको अभिनय रहेको भिडियोका छायांकार केशव अधिकारी, निर्देशक दिपेश केसी हुन्।
कार्यक्रममा भिडियोमा आबध्द कलाकार तथा प्राविधिकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। भिडियो गायिका विमला सुनारको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।