सुचना, समाचार र मनोरन्जन

दसैँमा एकसाथ जुधेका तीन फिल्म ‘एमएसएम एप’मा

काठमाडौं :

नेपाली फिल्महरुको बजार फराकिलो बन्दै गएका छन्। हलमा लागेका फिल्महरु युटुब तथा ओटीटी प्लेटफर्म मार्फत प्रदर्शन गर्न थालिएको छ। यसैबीच गत दसैंमा रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ प्लेटर्फम एमएसएममा रिलिज भएको छ। शुक्रबारबाट यो फिल्मलाई ओटीटीमा रिलिज गरिएको हो।

वसन्त निरौलाको निर्देशनमा तयार भएको यो फिल्ममा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा छन्। हलमा दर्शकले राम्रै साथ दिएको यो फिल्मलाई दर्शकले ओटीटीमा पनि मन पराउने विश्वास गरिएको छ। कमेडी जनरामा तयार भएको यो फिल्मले एक जना युवतीका लागि युवक छान्नका लागि गरिएको प्रतिस्पर्धाको कथा भन्छ। एमएसएम एपमा वैशाख १ गते फिल्म ‘छक्का पन्जा ५’ पनि रिलिज भइसकेको छ। यो फिल्म पनि दशैंमा ‘ज्वाइँ साब’सँग नै रिलिज भएको थियो।

यता, यही दिनमा नै हलमा लागेको अर्को फिल्म ‘१२ गाउँ’ पनि एमएसएम एपमा रिलिज हुँदैछ। यो फिल्म पनि केही सातामै सार्वजनिक हुने बताइएको छ । गतबर्षको सर्वाधिक धेरै कमाई गर्ने दोस्रो फिल्म हो ‘१२ गाउँ’। विराज भट्टको निर्देशनमा तयार भएको यो फिल्ममा विराज र उनका छोरा समीर भट्टको मुख्य भूमिका छ ।

Leave A Reply

Your email address will not be published.