
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कार्तिक १ गते आइतबार सुर्यदेवको दर्शन गरि राशिफल हेर्नुहोस
- कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
- Korean Artist Ku Hyun Kim Donates 5,000 kg Rice to Flood Victims
- दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
- सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा
- विपत्को छाँया र महँगीको मारमा दसैँ: सादगी, आत्मीयता र साझा उत्तरदायित्व
- कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहलाई
- आज असोज ३१ गते शनिबारको राशिफल हेर्नुहोस
- नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
- बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
कोइरालाको गीति संग्रह ‘ज्योतीको सङ्गालो’ बिमोचन
काठमाडौ :
जिवनमा केही कुरा गर्न चाहियो भने उमेर छेक्दैन भन्ने कुरा ८६ बर्षिया ज्योती कोइरालाले पुष्टि गर्नु भएको छ। ८६ बर्षको उमेरमा ज्योती कोइरालाले आफ्नो पहिलो सृजना गीतिसंग्रह ‘ ज्योतीको सङ्गालो’ लिएर आउनु भएको छ ।
काठमाडौमा आयोजित एक कार्यक्रम बिच पुर्वमन्त्री परिसद अध्यक्ष खिलराज रेग्मी, बरिस्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला , लोकगायक बम बहादुर कार्कीले गीति सग्रहको बिमोचन गर्नु भएको हो। पुरानो स्थानीय लयहरु संकलन गरि गाइएको 5 वटा गीतहरु रहेको ‘ ज्योतीको सङ्गालो’मा दीपक शर्माको एकल संगीत रहेको छ।

बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको गीति सङ्ग्रहमा रहेको एउटा गीतको भिडियो पनि निर्माण गरिएको छ। कार्यक्रममाझ सर्जक ज्योती कोईरालाले गित र सोको भाव बारेमा प्रस्ट पार्नुहुदै ७ दशक अघीको परिवेशलाई यसमा समेटिएको बटाउनुभयो । कार्यक्रममा ज्योती कोईराला र उहाँका श्रीमान ठाकुर प्रसाद कोईरालाले डा. भगवान कोइरालाको अध्यक्षतामा निर्माणाधीन काठमाण्डौ इन्स्टिच्युट अफ चाईल्ड हेल्थ नामक गैर नाफामुलक बाल अस्पतालको निर्माणका लागी पच्चिस लाख सहयोग स्वरुप प्रदान गर्नुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नु हुदै सर्जकका पति ठाकुर प्रसाद कोईरालाले ज्योती कोईरालाले विहान बेलुका गुनगुनाउने गरेको पाएको र सो बारे कौतुहलता जागेर बुझ्दा लोपोन्मुख रहेको पाएकाले यसलाई औपचारिकता दिदै गीति संग्रह निकालिएको बताउनु भयो ।त्यस्तै लोक गायक बम बहादुर कार्कीले ज्योतीको सङालोमा तिज भाकाका पुराना गितहरु सङ्रहित रहेको र उहा जस्ता ज्येष्ठ नागरिकबाट हाम्रा लोपोन्मुख रहेका गितको जगेर्ना गर्न सकिने बताउनु भयो।