सुचना, समाचार र मनोरन्जन

बन्ने होइन त ‘कबड्डी ५’को कलाकार,निर्माण टिमले माग्यो १६ जना

काठमाडौं :

छायांकन सुरु हुन केही साता बाँकी रहँदा चर्चित फिल्म ‘कबड्डी ५’का लागि कलाकार आह्वान गरिएको छ।  निर्माता कम्पनी बाँसुरी फिल्म्सले बिहीबार विज्ञप्ति जारी गर्दै महत्वपूर्ण सहायक भूमिकाका लागि कास्टिङ कल गरिएको जनाएको हो। कम्पनीले आठ महिला–पुरुष पात्रसहित समूहमा आठ–आठ जना गरी कूल १६ कलाकारको लागि आवेदन खुला गरेको छ।

कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार इच्छुकले असोज ९ गते बिहीबार मध्यान्हसम्म २ मिनेटको मोनोलग भिडियो तयार पारेर कम्पनीको इमेलमा पठाउनुपर्ने छ। छनोटमा परेकालाई मात्र फिल्म युनिटले सम्पर्क गर्ने बताइएको छ।

Chaka Panja

मागिएका अधिकांश पात्र थकाली समुदायको पृष्ठभूमिमा आधारित छन्।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल र बुद्धि तामाङको मुख्य भूमिका रहनेछ। दशैंको टीका लगत्तै मुस्ताङमा फिल्मको छायांकन सुरु हुने जनाइएको छ।

‘कबड्डी’का अघिल्ला चार श्रृंखलाले घरेलु बक्सअफिसमा उल्लेख्य सफलता हासिल गरेका थिए। पाँचौं श्रृंखला निर्माणसँगै बाँसुरी फिल्म्सले अर्को फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’लाई कात्तिक २१ मा प्रदर्शन गर्ने तयारी पनि गरेको छ।

Leave A Reply

Your email address will not be published.