सुचना, समाचार र मनोरन्जन

प्रवेश पौडेलले ‘मेरो प्रेम अधुरो’ बनाउने, मुख्य भूमिकामा कबिर खड्का

काठमाडौं :

प्रवेश पौडेलको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मेरो प्रेम अधुरो’को औपचारिक घोषणा गरिएको छ। ‘अमेरिका बोइज’ र ‘बिहे पास’जस्ता सफल फिल्मको निर्देशन गरिसकेका पौडेलको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो।

आगामी साउन महिनाबाट नेपालबाट छायांकन सुरु गरिने यस फिल्मको सुटिङ युरोप र अष्ट्रेलियामा समेत गरिने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेता कबिर खड्का रहनेछन् भने उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीहरूको खोजी भइरहेको छ। निर्देशक पौडेलका अनुसार दुवै अभिनेत्रीलाई अडिसनमार्फत छनोट गरिनेछ, जसको प्रक्रिया निर्माण घोषणासँगै सुरु भइसकेको छ।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्‌को ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुरेन्द्र रावलले निर्माण गर्दैछन्। अभिनेता कबिर खड्का स्वयम् पनि यसै फिल्ममार्फत निर्माणमा जोडिएका हुन्। दर्शकलाई एउटा सुन्दर प्रेमकथा पस्कने लक्ष्यका साथ यसमा लगानी गरेको उनले बताए। फिल्मको सह(निर्मातामा करण खड्का रहेका छन्। प्राविधिक टोलीतर्फ शरद महतोको डिओपी, अर्जुन कटुवालको संगीत र बम बहादुर थापा क्रियटिभ निर्देशकको रूपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.