सुचना, समाचार र मनोरन्जन

मकैबारीमा मृत  गैँडा भेटियो

 

त्नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ।

 

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए।

 

उनका अनुसार वयस्क गैँडा मरेको हो। खाग र खुर सुरक्षित राखिएको छ। शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.