सुचना, समाचार र मनोरन्जन
IVF New Banner

कविताको भजनमा सुजता बर्माको स्वर

काठमाडौं :

भान्सा सुधार नेपालका अभियन्ता साहित्यकार तथा गीतकार कविता दाहालको भजन गीत ‘नस्वर छ देह’ सार्वजनिक भएको छ । हालै उनको शब्द रचना किर्ती न्योपानेको लय र सुजाता वर्माको स्वरमा रेकर्ड भएको भजन सार्वजनिक भएको हो।

पुरुषोतम सुवेदीको एरेञ्ज रहेको गीतलाई मिक्सिंङ मास्टरीङ् सुमन खड्काले गरेका छन्। जीवन मुकारुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा कबिता दाहाल, दिक्षा अधिकारी, समिक्षा अधिकारी, सावित्रा अधिकारी र सुरेश घिमिरे ’निष्चन्त’ को अभिनय रहेको छ ।

Exchange and test

योगेन मुकारुङको छायांकन र जीवन मुकारुङले सम्पादन र कलरिङ गरेको गीतको भिडियोलाई भक्तपुरको डल्लु आसपासमा खिचिएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘कबिता दाहाल’ मार्फत् हेर्न सकिने छ।

उदयपुर जिल्लामा जन्मिएकी साहित्यकार तथा गीतकार कबिता दाहाल भान्सा सुधार अभियान समाज सेवा, साहित्य र गीत संगीत मा निरन्तर लागिपरेकी छन ।

Leave A Reply

Your email address will not be published.