सुचना, समाचार र मनोरन्जन

बिहिबारै हलमा मुकुनका दुइ फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’

काठमाडौ :

जनै पुर्णिमाको अवसरमा दर्शकमाझ दुईटा फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’ले प्रदर्शनमा आएका छन् । निर्माण टिमले जनैपूर्णिमा तथा गाईजात्राको सार्वजनिक विदाको छेको पारेर बिहीबारबाटै फिल्मलाई प्रदर्शनमा ल्याएका हुन् । दुईवटै फिल्ममा प्रमुख कलाकारका रुपमा मुकुन भुषाल र राजाराम पौडेल रहेका छन्। फरक विषयवस्तुमा बनेका फिल्मलाई लिएर कलाकार भुसाल निकै उत्साहित बनेका छन्।

Chaka Panja

कृषा चौलागाई निर्देशित फिल्म ‘ऐंचो पैंचो’मा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय रहेको छ । फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन छ ।

यता ‘गणपति’लाई सबिन अधिकारीले निर्देशन गरेका छन् भने फिल्ममा मुकुन र राजारामसँगै मेनुका प्रधान, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेललगायतको अभिनय छ । फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल रहेका छन् । यस फिल्मको ट्रेलर र ‘उनभित्र गुन’ गीत भने रुचाइएको छ ।

Leave A Reply

Your email address will not be published.