काठमाडौं :
कवियत्री सयपत्री थुलुकद्धारा लिखित कविता संग्रह ‘गाउँ फर्किरहेको परदेशी’को सार्वजनिक गरिएको छ। सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम उक्त कविता संग्रहको सार्वजनिक गरिएको हो।
संखुवा सभाकी कवियत्री थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल रहेकी छन । २०७० सालमा ‘शान्तीको फूल गजलसङ्ग्रह प्रकाशन गरेकी थुलुङको एक दशक पछि दोश्रो कृतिका रूपमा कवितासङ्ग्रह सार्वजनिक गरेकी हुन्।
कार्यक्रमका वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु लगायत साहित्यकार तथा पत्रकारको उपस्थिति रहेको थियो। उनीहरुले सार्वजनिक कविताका बारेमा चर्चा गर्दै कयियत्री थुलुङलाई बधाई तथा शुभकामना दिएका थिए।
कवितासंग्रहका बारेमा चर्चा गर्दै कवि उत्तम तुम्साले भने, ‘कविता लेखनको आ(आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो ।’
कवि ज्योति जङ्गलले पनि प्रेमको मसिले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन । वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए।
कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एकएकवटा कविता वाचन गरेका थिए भने कवि स्वयमले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको थियोे ।