सुचना, समाचार र मनोरन्जन
IVF New Banner

झापाबाट थालियो फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन,पुर्वराजाले दिए शुभकामना

काठमाडौँ :

फिल्म ‘यो मन त मेरो नेपाली हो’को छायांकन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजाअर्चना गरेर शुभमुर्हतसगै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्मलाई पूर्व राजा ज्ञानेन्द्र शाहले समेत शुभकामना दिएका छन्। उनी केहि दिन अघि झापा पुगेका थिए।

Safal

यस फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी , नारायण खाती लगायतको मुख्य भुमिका रहनेछ। पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर )ले निर्माण गर्न लागेका हुन्।

IVF Post

निर्माण पक्षका अनुसार यो फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले नै निर्देशन गर्ने यस फिल्ममा भाषा, साहित्य, कला र यसको ईतिहासलाई मुल विषय बनाइएको छ। निर्देशक पूधानले फिल्ममा नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजिने बताए।

शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको फिल्मलाई अमेरिका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका जना भाषामा डब गरिने छ। लेखक अधिकारीका अनुसार फिल्मको पहिलो छायाँङ्कन पाँचथरबाट सुरु हुनेछ। त्यसपछि झापा सिक्किम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतको देशहरुमा समेत खिचिने छ।

फिल्ममा निर्देशक प्रधानकै कथा रहेको छ भने फिल्मका गीतमा दीपक शर्माको संगीत रहनेछ। ,सौरब लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराजको कोरियोग्राफी रहने निर्माण पक्षले जानकारी दिएको छ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेले गर्दैछन्।

Leave A Reply

Your email address will not be published.