सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया सम्मानित

पोखरा/

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया सम्मानित भएका छन ।  एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छानिएका थिए ।

यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले ५ जना इन्टेग्रिटी आइकन छनोट गरेको हो ।

कडरियाले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो “मलाई खेतबारीमा गएर किसानहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न मन पर्छ। यसले किसानहरूको समस्या, उत्पादन, बजार, र उपभोक्ता व्यवहारलाई बुझ्न मद्दत गर्छ,” । किसानका वास्तविक आवश्यकता र चुनौतीलाई केन्द्रमा राखेर प्रभावकारी योजना बनाउनु भएको छ, जसको परिणामस्वरूप किसानहरूले पेशाबाट पलायन हुने सोच त्यागेर व्यवसाय विस्तारको योजना बनाउन थालेका छन्।

कडरियाको कुशल नेतृत्व र कार्यशैलीले पोखरा महानगरभित्र कृषि क्षेत्रको विकासमा नयाँ अध्याय थपेको छ। उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्मका चरणहरूमा सहभागी भई किसानहरूको जीवनस्तर सुधार गर्न उल्लेखनीय योगदान दिनुभएको छ।

sfal

सम्मानित हुनेमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, नेपालगन्जका जनस्वास्थ्य निरीक्षक शर्मिला सुवेदी, बेनीघाट रोराङ गाउँपालिका, धादिङका शिक्षा अधिकृत बोधराज पाठक, राष्ट्रिय निकुञ्ज कार्यालय, चितवनअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रका शाखा अधिकृत मनपुरण चौधरी, जिल्ला स्वास्थ्य कार्यालय, पर्साका पब्लिक हेल्थ नर्सिङ अधिकृत मीराकुमारी यादव छन् ।

५ आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो। सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो ।

निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिवद्वय पुण्यप्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा सुचेता प्याकुरेल र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल थिए ।

निर्णायक समितिले गर्ने छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप–समिति र एकाउन्टिविलिटी ल्याबको सचिवालयले पूरा १ वर्ष लगाएर काम गरेको थियो ।

 

Leave A Reply

Your email address will not be published.