
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- निखिलको चलचित्र ‘आचार्य’ को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक
- ‘द राइज अफ साम्राज्य’का लागि अमरप्रतापले साढे २ वर्षदेखि गरे ट्रेनिङ
- अमेरिकामा ‘पार्वती’को दबदबा, सुरुवाती तीन दिन नै हाउसफुल
- बाढीका कारण १३ औँ छायाँछवि तीज म्युजिक अवार्ड स्थगित, नतिजा सार्वजनिक
- असोज २ मा आउन लागेको ‘झिँगे दाउ २’ को दशैँलक्षित गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
- अभिनेत्री वर्षा शिवाकोटी स्वास्थ्य क्षेत्रको व्यवसायमा: मेडिक्वेस्ट डायग्नोस्टिकको ब्रान्ड फेस नियुक्त
- पोखराको लेकसाइडमा लभबर्ड्स प्रिमियम आइसक्रिमको चौथो पार्लर सञ्चालनमा
- असोज ३ गते हुने पाँचौं राइट टु प्रोटिन रनको तयारी अन्तिम चरणमा
- ‘शताब्दी घर’मा लाखेको बिदाइ!
- भानु नगरपालिकाबाट जग्गा प्रशासन सेवा सुरु
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडौँमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए ।
त्यसैगरी, गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगञ्ज कारागार बुझाएको छ । निज उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले रु ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन् ।