सुचना, समाचार र मनोरन्जन

लक्ष्मण रिजालको निर्देशनमा ‘काजी’ शुभमुहूर्त, भदौ ८ गतेबाट छायांकन

काठमाडौं :

करिब ८ वर्षपछि निर्देशनमा फर्किएका लक्ष्मण रिजालको निर्देशनमा बन्ने नयाँ सिनेमा ‘काजी’ को शुक्रबार दक्षिणकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ। क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै टिमले सिनेमाको छायांकन प्रक्रिया सुरु गर्न स्याङ्जातर्फ प्रस्थान गरेको हो।

निर्देशक रिजालले भदौ ८ गते आइतबारदेखि स्याङ्जामा छायांकन सुरु गरिने जानकारी दिएका छन्। उनका अनुसार आफुले खोजेजस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा पुनरागमन गर्न तयार भएका हुन्। रिजाल यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरिसकेका छन् भने ‘डिसेम्बर फल्स’ र ‘गणपति’ निर्माण गरेका थिए।

आरएण्डआर प्रोडक्सनको ब्यानरमा बन्न लागेको सामाजिक प्रेमकथा ‘काजी’लाई राम प्रसाद रिजाल ले निर्माण गर्दै छन्। उनले यसपटक अघिल्ला सिनेमामा देखिएका कमजोरी सुधारेर उत्कृष्ट सिनेमाको निर्माण गर्ने दाबी गरेका छन्। सिनेमाको छायांकनका लागि स्याङ्जामा लाखौं खर्चेर विशेष गाउँको सेट निर्माण गरिएको जानकारी समेत उनले दिएका छन्।

सिनेमामा विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मा मुख्य भूमिकामा देखिनेछन्। अन्य कलाकारबारे भने क्रमशः जानकारी दिइने निर्माण टिमले जनाएको छ। सिनेमाको कथा प्रदीप भारद्धाजले लेखेका हुन् भने छायांकन चिन्तनराज भण्डारी ले गर्नेछन्। कालिप्रसाद बास्कोटा को संगीत रहेको सिनेमालाई श्रीराम बालाजी फिल्म्स (सुनिल मानन्धर) ले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.