सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग बाणिज्य संघका सदस्यलाई फेवा डेण्टलका सेवामा २५ प्रतिशत छुट

पोखरा,

पोखरा उद्योग बाणिज्य संघ र फेवा डेण्टल क्लिनिकबीच सम्झौता भएको छ । पोखरा उद्योग बाणिज्य संघलाई प्रथम पक्ष र फेवा डेण्टल क्लिनिक दोस्रो पक्षबीच डेण्टल सेवामा विशेष छुट दिने विषयमा सम्झौता भएको हो ।

उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र फेवा डेण्टल क्लिनिकका निर्देशक प्रकाश कोइरालाले उक्त सहमतीमा हस्ताक्षर गरेका छन ।

सम्झौतामा पोखरा उद्योग बाणिज्य संघको सम्पूर्ण सदस्य र आश्रित परिवारलाई दोस्रो पक्षले प्रदान गर्ने डेण्टल सम्बन्धि सम्पूर्ण उपचार सेवाहरुमा २५ प्रतिशत छुट प्रदान गर्ने सहमतीको भएको छ । उक्त सहमतीको समय अवधी २०८७ साल भाद्र सम्म रहने जनाइएको छ।

सम्झौतामा डेण्टल सम्बन्धि सेवा लिन आउने सदस्यले उद्योग बाणिज्य संघको परिचय पत्र अनिवार्य रुपमा लिएर आउनुपर्नेछ । उल्लेखित सेवाहरु मध्ये दाँतमा तार लगाउने सेवामा १० प्रतिशत मात्र छुट दिईने छ । अन्य सेवामा तोकिएको सम्झौता अनुसार सेवा प्रदान गरिने छ ।

Leave A Reply

Your email address will not be published.