सुचना, समाचार र मनोरन्जन

काजोल–ट्विङ्कल खन्नाको नयाँ टक शो ‘टु मच’ २५ सेप्टेम्बरमा सार्वजनिक हुने

मुम्बई :

बलिउड अभिनेत्री काजोल र लेखिका/अभिनेत्री ट्विङ्कल खन्नाले सह–प्रस्तोता गर्ने नयाँ टक शो ‘Two Much’ को सार्वजनिक मिति घोषणा गरिएको छ।

प्राइम भिडियोमा प्रदर्शन हुने यस टक शो आगामी २५ सेप्टेम्बर २०२५ देखि उपलब्ध हुने भएको छ। कार्यक्रममा बलिउडका चर्चित कलाकार, फिल्म निर्माता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई अतिथि रुपमा सहभागी गराइने बताइएको छ।

निर्माताहरूका अनुसार ‘Two Much’ हल्का–फुल्का शैलीमा प्रस्तुत हुने टक शो हो, जसमा हाँसो, रमाइलो गफगाफ र जीवनका गम्भीर प्रसङ्गलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिनेछ।

यसअघि ट्विङ्कल खन्नाले लेखन र डिजिटल प्लेटफर्ममा आफ्ना प्रस्तुति मार्फत लोकप्रियता कमाएकी थिइन् भने काजोल बलिउडको चर्चित अभिनेत्रीका रूपमा चिनिन्छिन्। दुई अभिनेत्रीद्वारा सह–सञ्चालित यो नयाँ प्रयोगलाई दर्शकले कसरी लिन्छन् भन्ने प्रतीक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.