सुचना, समाचार र मनोरन्जन

रोम–कम शैलीको नयाँ प्रस्तुति, ‘सनी संस्कारी कि तुलसी कुमारी’ बाट वरुण–जान्हवीको जोडी

मुम्बई :

बलिउड अभिनेता वरुण धवन र अभिनेत्री जान्हवी कपूर अभिनीत नयाँ चलचित्र ‘सनी संस्कारी कि तुलसी कुमारी’ को ट्रेलर सार्वजनिक गरिएको छ।

रोहित सारफ र सान्या मल्होत्रा समेतको प्रमुख भूमिका रहेको यस रोम्यान्टिक–कमेडी (रोम–कम) चलचित्रमा रंगीन दृश्य, हास्य–व्यङ्ग्य र पारिवारिक नाटकको मिश्रण रहेको देखाइएको छ। ट्रेलरमा वरुण र जान्हवीको जोडीले प्रेम, झगडा र हास्यपुर्ण घटनाक्रम मार्फत दर्शकलाई आकर्षित गर्ने संकेत दिएको छ।

Chaka Panja

चलचित्रलाई बलिउडका चर्चित निर्देशक शशांक खेतानले निर्देशन गरेका हुन्। यसअघि उनले हम्प्टी शर्मा की दुल्हनिया र धडक जस्ता सफल फिल्म दिएका थिए।

निर्माताहरूले ट्रेलर सार्वजनिक गर्दै चलचित्रलाई मनोरञ्जनसहित पारिवारिक भावनाले जोड्ने दाबी गरेका छन्। फिल्म यसै वर्ष प्रदर्शनीमा आउने तयारीमा छ।

Leave A Reply

Your email address will not be published.