Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छः मन्त्री पोखरेल
- राजेन्द्र खड्की र पुजना प्रधान स्टारर ‘हवन’ को छायांकन सम्पन्न, समाजको कालो पाटो खोतल्ने
- पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
- महेश त्रिपाठी र अन्जना बराइली स्टारर ‘आशा’ को सुटिङ सुरु, राजिव गुरुङको निर्देशन
- ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी
- ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट
- सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
- देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
- सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
- आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
फिचर, सिरिज र सर्ट फिल्मका लागि आइसफल प्रडक्सनले कलाकार खोज्दै
काठमाडौँ :
ऐना झ्यालको पुतली, हल्कारा, रेडसुटकेश जस्ता फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको चलचित्रका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन्।
‘आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएको छ। यसैका लागि हामीले अडिसन कल गरेका हौँ,’पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ।’
विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रडक्सनले निर्माण गरेका चलचित्रहरु विश्वका प्रतिष्ठित फेस्टिभलमा छनौट एवं पुरस्कृत भएका छन्।
अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिइने जनाएको छ । यसका लागि जुनसुकै लिङ्ग,उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected] मा पठाउनु पर्ने निर्माता पोखरेलले जानकारी गराएका छन् ।
Next Post