काठमाडौं :
गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा भएको छ। बिहिबार निर्माण टिमले फिल्मको घोषणा गरिएको हो।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्मलाई नवीन पन्त निर्देशन गर्न लागेका हुन्। यस फिल्मको कथा लेखन पनि निर्देशक पन्तकै रहने छ।
नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म ‘बाकस’ नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ।
हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ। फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन्। तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ।
निर्देशक पन्तले यसअघि टेलिफिल्म,म्युजिक भिडियो निर्देशन गर्दै आएका थिए। यो उनको डेब्यु फिल्म हो।