काठमाडौँ,
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल० को आयोजनाको तयारी अगाडि बढाउन आग्रह गरेका छन ।
सातदोबाटोमा आज ुनेशनल हाई पर्फमेन्स सेन्टरु को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपीएल आयोजनामा देखिएको अन्योललाई चिर्दै खेल क्षेत्रमा कुनै पनि राजनीति नगर्न सबैलाई आग्रह गरे ।
उनले भने, ‘एनपीएल हाम्रो राष्ट्रिय गौरव हो । एनपीएलको भव्य तयारी गर्नुस् । देशमा जसरी क्रिकेटको क्रेज बढेको छ, त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यो रोकिन हुँदैन ।’
प्रधानमन्त्री ओलीले दशरथ रङ्गलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रङ्गशाला बनाउने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आउँदो मङ्सिरमा प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए । आउँदो मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।