काठमाडौँ :
राजधानीको नक्सालमा सवारीसाधनसम्बन्धी सम्पूर्ण सेवा एउटै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित ‘सि–कार’ नामक सुविधा सम्पन्न अटो हब सञ्चालनमा आएको छ। उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन अभिनेता राजेश हमालले एक समारोहका बीच गरेका हुन्।
चार रोपनी क्षेत्रफलमा फैलिएको ‘सि–कार’ले नयाँ तथा पुराना (सेकेन्ड ह्यान्ड) सवारीसाधनको खरिद–बिक्री, सवारी पार्ट्स तथा एस्सेसरिज, द्रुत चार्जिङ स्टेशन, क्याफे र रेस्टुरेन्टलगायत सेवा एकै परिसरमा उपलब्ध गराएको छ।
सि–कारका संस्थापक रोशन घिमिरेका अनुसार यसले सवारीसाधनसम्बन्धी अधिकांश आवश्यकता एउटै स्थानबाट पूरा गर्ने लक्ष्य राखेको छ। उनका अनुसार, ूएकीकृत सेवा सुविधा उपभोक्तालाई समय तथा खर्च दुवैमा बचत हुने गरी तयार गरिएको हो।ू
हाल सि–कारले विशेष रूपमा ब्रान्डको विद्युतीय गाडी शोरुम सञ्चालनमा ल्याएको छ। सो ब्रान्डको नयाँ गाडी खरिद गर्न चाहने ग्राहकका लागि परीक्षण सवारीदेखि डकुमेन्टेशनसम्मको सुविधा उपलब्ध छ। साथै, विभिन्न ब्रान्डका पुराना गाडीहरू पनि बिक्रीमा राखिएका छन्।
चार्जिङ सुविधाका लागि सि–कारले एकै पटक ६ भन्दा बढी विद्युतीय गाडी चार्ज गर्न मिल्ने द्रुत चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। यस्तै, परिसरभित्रकै इटालियन रेस्टुरेन्टमार्फत ग्राहकले खानपानको सेवा पनि लिन सक्ने छन्।
सेकेन्ड ह्यान्ड गाडी खरिद गर्ने ग्राहकका लागि कम्पनीले ३ महिनासम्मको प्राविधिक वारेन्टी प्रदान गर्ने व्यवस्था गरेको छ। साथै, गाडी बीमा गराउने ग्राहकलाई बिलबुक नवीकरण निःशुल्क गरिनेछ। यसको लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन।
कम्पनीले ग्राहकलाई आकर्षित गर्न सदस्यता योजना पनि सार्वजनिक गरेको छ। सदस्यहरूले सेवा प्रयोग गर्दा प्वाइन्ट संकलन गर्न सक्ने र ती प्वाइन्ट विभिन्न सेवामा छुटको रूपमा प्रयोग गर्न सकिनेछ।
हाल सि–कारले करिब ५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने भविष्यमा थप सेवा विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ।
