सुचना, समाचार र मनोरन्जन

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

गुल्मी,

पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बर्लबामा आज दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले बताए ।

प्रहरी चौकी भुर्तुङका अनुसार सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेल नेतृत्वको टोली परिचालन गरिएको छ।

तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने कार्य सुरु गर्न नसकिएको डिएसपी सारुको भनाइ छ । प्रहरीका अनुसार पहिरो झर्न रोकिएपछि मात्रै सडक खुलाउने कार्य अघि बढाइने छ ।

Leave A Reply

Your email address will not be published.