काठमाडौँ/
राजधानीको कालोपुल क्षेत्रमा बनाइएका अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका सो संरचनाहरूमा संस्थानसँगको समन्वयमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले प्रक्रिया पूरा गरेर अवैध संरचनाहरू भत्काउँदै आएको छ ।