सुचना, समाचार र मनोरन्जन
IVF New Banner

कमल एक्चै मगरको निर्देशनमा ’आलिङ्गन’को औपचारिक घोषणा

काठमाडौँ :

निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने फिल्म ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ । निर्माण टिमले शनिबार फिल्मको घोषणा गरेको हो। निर्देशक मगरले गत वर्ष आजकै दिन फिल्म ‘डेसान’ प्रदर्शनमा ल्याएका थिए ।

Exchange and test

उनको फिल्म ‘डेसान’ ले राम्रो प्रोफिटन दिन नसके पनि प्रशंसा भने राम्रो पाएको थियो। साथै विभिन्न अवार्ड पनि प्राप्त गर्न सफल भएको थियो।
मगरले फिल्म ‘शिरफूल’ मार्फत निर्देशनमा पाइला चालेका हुन्। ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हो। सामाजिक प्रेमकथामा बन्ने फिल्मको कथा स्वयम् मगरले लेखेका हुन्।

फिल्मको पटकथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन्। कृशला मगर कार्यकारी निर्माता रहेको फिल्मलाई चक्र बहादुर महर्जनले छायांकन गर्नेछन्। परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा निर्माण हुने फिल्म ‘आलिङ्गन’ मा अभिनय गर्ने कलाकार र अन्य प्राविधिकहरुको बारेमा निर्माण टिमले केहि समयपछि पत्रकार सम्मेलन गरेर जानकारी दिनेछ।

Leave A Reply

Your email address will not be published.