ताप्लेजुङ,
ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् । पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन् । गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक हजार ३३१ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन् । उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमण अएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादव जानकारी दिए ।

उनका अनुसार सार्क राष्ट्रका ११ महिला र ६८ जना पुरुष रहेका छन् । सार्क राष्ट्रबाहेक अन्य विदेशी पर्यटकमा ८१३ जना पुरुष र ४३९ महिला रहेका छन् । गत आवमा ४८ जना पुरुष र एक महिला गरी ४९ जना नेपालीले समेत कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । गत आवमा सबैभन्दा कात्तिक महिनामा ६०७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । यस्तैसार्क राष्ट्रसहित विदेशी र नेपाली गरी गत आवको भदौ महिनामा १५ जना, असोजमा २९३, मङ्सिरमा ७८, चैतमा १४३, बैशाखमा २०४ र जेठमा ४० जना पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका छन् ।
साउन, पुस, माघ, फागुन र असार महिनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न एकजना पनि पर्यटक नआएका संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।त्यस्तै अघिल्लो आव २०८१÷८२ मा एक हजार ३८० जना प