सुचना, समाचार र मनोरन्जन

करणलाई भेटेपछि पुर्वप्रधानमन्त्री ओली दंग

काठमाडौं :

पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई भेटेका छन्। करणसँगको भेटमा अध्यक्ष ओलीले बधाईका साथै प्रतिभाको कदर भएको धन्यवाद दिएका छन।

Pach Pandav

आइतबार दिउँसो आफ्नै निवास बालकोटमा बोलाएर उनले करणलाई बधाई दिएका हुन्। अध्यक्ष ओलीले आफुले करणको गीतहरु सुनेको,हेरेको भन्दै गायनमा करण प्रतिभाको खानी रहेको बताए।

करणसँगको भेटपछि ओलीले दुवैको फोटो फेसबुकमा राख्दै क्याम्सनमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’

शनिबार सम्पन्न फिनालेमा बर्दियाको बारबर्दिया नगरपालिकाका करण ‘नेपाल आइडल सिजन ५’ को विजेता चुनिएका हुन् । उनलाई यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बालुवाटार निवासमै बोलाएर बधाई दिएका थिए। प्रधानमन्त्री प्रचण्डले उनलाई गीतार उपहार दिएका थिए।

Leave A Reply

Your email address will not be published.