काठमाडौं :
नेपाल आइडल सिजन ५ मा विजेता करण परियारको शब्द, संगीत र स्वर रहेको गीत ‘सम्झना’ सार्वजनिक भएको छ। निर्माण टिमलेगीतको भिडियोलाई आइतबार रिलिज गरेका हुन्।
यस गीतको गायनमा करणलाई रोहित सुन्दासले साथ् दिएका छन्। आइडलको विजेता भएपछी करणले थुप्रै गीतमा स्वर भरेको भए पनि उनले पहिलो पटक आफ्नो सृजना सार्वजनिक गरेका हुन्।
गीतको भिडियो सार्वजनिक गरेपछि करण भन्छन’,‘अब लगातार आफ्नो युट्युबबाट आफ्नै सृजनाहरु सार्वजनिक गर्नेछु । केहि नयाँ तयारी पनि भैरहेको छ।’
आइडल भएपछि उनको चाहाना पनि यही रहेको बताए। कुराकानीका क्रममा उनले थपे,’मलाई नेपाल आइडलमा जिताउनुभएका दर्शकका लागि भए पनि म आफैले राम्रा गीतहरु बनाउनुपर्ने हुन्छ र मेरो चाहाना पनि त्यहि नै हो।’
रंग पत्रकार सुजन श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा करण र रोहितले अभिनय गरेका छन्। फिल्मसम्बन्धी कार्यक्रम चलाउदै आएका श्रेष्ठ पछिल्लो समय भिडियो निर्देशन समेत गर्दै आएका छन्। यस गीतको भिडियोको डीओपी सुशान ठटाल हुन् भने भिडियोलाई पंकज महराले खिचेका हुन्। भिडियोलाई सुशिल घिमिरेले सम्पादन र कलर गरेका हुन। गीतको भिडियो निकै सुन्दर देखिन्छ।