सुचना, समाचार र मनोरन्जन

काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता सम्पन्न

काठमाडौं :

वागमति प्रदेश काष्ठमण्डम सितोरियो कराते प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरको आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको प्रतियोगितामा काठमाडौले ४ स्वर्ण,३ रजत पदक जित्दै टिम च्याम्पियनको उपाधि जितेको छ।

यसैगरी भक्तपुर र चितवनले बराबर २ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गरेकाले गोला प्रथाद्वारा चितवन दोस्रो र भक्तपुरले तेस्रो स्थान हासिल गरेको थियो। पदक प्राप्त विजेता खेलाडि तथा टिमलाई वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, वागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा लगायतले पदक तथा ट्रफि प्रदान गरेका थिए।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष ९ र महिला ८ सहित कुल १७ स्पर्धामा ९ सय भन्दा बढी कराते खेलाडिहरुले सहभागीत जनाएका थिए। प्रतियोगिताको सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार काफ्लेले एक समारोहकाबीच समुद्घाटन गरेका थिए।

Leave A Reply

Your email address will not be published.