Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा-१२: सामुदायिक विद्यालयका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा
- ट्रम्पले किन दिए क्युबाविरुद्ध कारबाही गर्ने धम्की?
- पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
- पुराना दलका नेतालाई रविको सन्देशः इतिहास तपाईले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ
- मध्यपूर्व तनाव चर्किँदै, असर विश्वभर फैलिने सङ्केत
- काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना
- लागुऔषधसहित सात जना पक्राउ
- नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
- यी सात देशमा मात्रै पुनः श्रम स्वीकृति दिइने, कुन कुन देश हुन?
- राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यकः अर्थमन्त्री खनाल
तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ: प्रधानमन्त्री
काठमाडौँ,
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन ।
यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराए । उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट पारिन ।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिए । प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिएकी छिन ।