सुचना, समाचार र मनोरन्जन

‘सिटामोल’ निर्माताको म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’

काठमाडौं :

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ निर्माता भुगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। गत शुक्रबार सार्वजनिक ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन्।

वरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ। भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन्। गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो।

विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन्।

https://www.youtube.com/watch?v=OAIGN4mZhEI

Leave A Reply

Your email address will not be published.