कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए। आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पोखरा क्षेत्रले नेपाली साहित्य र सङ्गीतमा पुर्याएको योगदानको स्मरण गर्दै अधिकारीले भावी दिनमा पनि यस्ता आइडलबाट पहिचान भएका प्रतिभाले यस क्षेत्रको गरिमा अझ उँचो बनाउने विश्वास व्यक्त गरे।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र
- दीपकराज र मिरुनाले जिते चीनको ‘एभरेस्ट फिल्म फेस्टिभल’ अवार्ड, जनही १ हजार डलर प्राप्त
- हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री
- श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
- बिहानैबाट ‘गौँथली’का शो राताम्मै, डोर सेलमा नपाउनसक्छ टिकट
- हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान
- पर्यटनमन्त्री पौडेलद्वारा मझगाउँ विमानस्थल अवलोकन
- व्यवसायी शंकर अग्रवाल पक्राउ
- सरकारले दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने
- जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
पोखरामा गुञ्जियो ‘कास्की आइडल’, पहिलो अडिसनबाट ३५ प्रतियोगी छनोट
पोखरा :
रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ ।
गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रूपरेखाबारे प्रकाश पारेका कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरेले शुभकामना दिएका थिए। सो अवसरमा अनिल ढुङ्गानाले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए।
शनिवार पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन्। छनोट भएका प्रतिभाहरूको प्रतिस्पर्धा क्रमशः गराउँदै फाइनल चरणमा टप ५ छनोट गरिने रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए। प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका थिए।