सुचना, समाचार र मनोरन्जन

नेपालको कला–संस्कृति विश्वमञ्चमा उजागर गर्ने लक्ष्यसहित कलाकार सुनिल कटुवाल लन्डन उडे

काठमाडौं :

कलाकार सुनिल कटुवाल युके उडेका छन् । नेपाल चलचित्र कलाकार संघ (एफएएएन)को प्रतिनिधित्व गर्दै युकेमा आयोजना अन्तराष्ट्रिय कलाकार महासंघ (इन्टरनेशनल फेडोरेसन अफ एक्टर्स (एफआईए)को चुनाबी सभामा प्रतिनिधित्व गर्न उनी आइतबार बिहान युके उडेका हुन् । कार्यक्रम नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतको बर्मिङ्घम सहरमा आयोजना गरिएको छ।

कलाकार संघका कोषाध्यक्ष समेत रहेका कटुवाल एफआइएमा नेपाल कलाकार संघको एक्लो प्रतिनिधि हुन्। एफआईएको अन्तर्राष्ट्रिय सम्मेलन तथा चुनावी महाधिवेशन समेत हरेको कार्यक्रममा करिब ४० देशका कलाकार संघका प्रतिनिधिहरु सहभागी हुनेछन्, जसमा युरोप, अमेरिका र भारतलगायतका देशहरु छन्। सम्मेलनको मुख्य कार्यक्रम बर्मिङ्घमको प्रतिष्ठित सिमफोनी हलमा हुनेछ । सम्मेलनको दौरान सहभागीहरुबीच अन्तरक्रिया तथा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन्। एफआईएले सहभागीहरुका लागि होटल बस्ने र खाने व्यवस्थाका साथै टिकटको प्रबन्ध पनि गरेकोछ।

यश अवसरमा कटुवालले नेपालको कला, संस्कृति र फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै युरोप, अमेरिका, हलिउड र बलिउडका ख्यातिप्राप्त कलाकार तथा संस्थाहरूसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्नेछन्। उनले यसलाई आफ्नो लागि मात्र नभई देश र समग्र राष्ट्रको लागि ठूलो अवसरको रुपमा लिएका छन्। कटुवालले नेपाली कला–संस्कृति झल्किने हस्तकलाका विशेष उपहारहरु (’मायाको चिनो’ र खादा) लिएर जाँदैछन्। उनले राष्ट्रिय पोसाक दौरा–सुरुवाल र टोपी लगाएर कार्यक्रममा सहभागी हुने बताए।

यसका साथै, नेपालको कला–संस्कृति र पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उनले एक कार्यपत्र पनि तयार गरेका छन्, जुन उनले सम्मेलनमा प्रस्तुत गर्नेछन्। उनी एफआईएका वर्तमान र आगामी अमेरिकी प्रेसिडेन्टका साथै जनरल सेक्रेटरीसँग प्रत्यक्ष कुराकानी गर्नेछन्। कटुवालले दक्षिण एसियामा एफआईएको क्षेत्रीय कार्यालय स्थापनाको लागि पनि पहल गर्ने बताए। अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् कटुवाल लन्डन जाने कार्यक्रम छ । जहाँ उनले नेपाल चलचित्र कलाकार संघको युके शाखाका पदाधिकारीहरूसँग भेटघाट र छलफल गर्नेछन्। िमलेसम्म उनी लन्डनमा आयोजना हुने नेपाली अवार्ड समारहोमा पनि सहभागी हुनेछन्।

नेपाल चलचित्र कलाकार संघको कोषाध्यक्षमा उनको अहिले तेस्रो कार्यकाल हो। कटुवालले फिल्म, सिरियल,म्युजिक भिडियोलगायत थुप्रै अभिनय छन् । नेपालको प्रतिनिधित्व गरेर आफ्नो क्षेत्रको अन्तरास्ट्रिय संस्थाको कार्यक्रममा जान पाउनु आफ्ना लागि गर्वको कुरा भएको उनले बताए । उनले कार्यक्रममा अन्तरास्ट्रिय कलाकारलाई नेपाल फिल्म तथा अन्य प्रोजेट छायांकनका लागि एकदमै उपयुक्त स्थल भएको जानकारी दिदै नेपाल छायांकनमा आए आफु र राज्यले सक्दो सहयोग गर्ने बताए । कटुवालाई कलाकार संघले एक कार्यक्रम गर्दै विदाई समेत गरेको थियो ।

Leave A Reply

Your email address will not be published.