Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
कास्कीमा दुग्ध उत्पादक किसानलाई अनुदान
कास्की,
कास्कीमा गत आर्थिक वर्ष २०८१÷८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई रु दुई करोड चार लाख ९२ हजार अनुदान वितरण गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रतिलिटर रु पाँच र दोस्रो चरणमा प्रतिलिटर रु तीनका दरले अनुदान दिएको हो ।
व्यावसायिक किसानले उत्पादनका आधारमा अनुदान पाएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो । उनका अनुसार जिल्लाका दुग्ध उत्पादक किसानले समूह तथा सहकारी संस्थाबाट प्रदेश सरकारले दिएको अनुदान रकम पाएका हुन् ।
उनका अनुसार कार्यालयले अनुदानका लागि आह्वान गरेकामा २६ वटा सहकारी संस्था छनोट भएका थिए । सहकारीका माध्यमबाट किसानलाई अनुदान रकम वितरण गरिएको थियो ।
कूल ५१ लाख १४ हजार नौ सय ६३ लिटर दूधमा अनुदान दिइएको कार्यालयले जनाएको छ । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषिकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन नपाउने भएकाले यसप्रति किसानको आकर्षण बढेको पशु विकास अधिकृत पाण्डेले बताए ।
उहाँले भन्नुभयो, “उत्पादन गरेका आधारमा सरकारी अनुदान पाउनुपर्दछ, भन्ने किसानको माग हो । जसले बढी उत्पादन गर्छ, उसैले सरकारबाट बढी अनुदान रकम पाउने गरी प्रोत्साहन कार्यक्रम ल्याएका हौँ । उत्पादन गर्न यस कार्यक्रमले सहयोग पुगेको छ ।”
गण्डकी प्रदेश सरकारले पाँच वर्षदेखि किसानलाई दूध उत्पादनमा अनुदान रकम दिँदै आएको छ । अनुदान पाउनका लागि किसानले सहकारी संस्थामार्फत दूध बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले दिने अनुदान किसानले चौमासिक रूपमा प्राप्त गर्दछन् ।