Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साइप्रसका हलमा नेपाली फिल्म ‘हली’प्रदर्शनमा आउने कमफम
- ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
- नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
- दया र मिरुनाले थाले ‘रातो घेरा’को सुटिङ,अनिलले गर्दैछन् निर्देशन
- ‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’
- किसानलाई सावधानी अपनाउन आग्रह
- कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
- आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने
- राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
- नेप्से परिसूचक १४ अङ्कले बढ्यो
कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय
गण्डकी,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ बनाउन तीनवटै सुरक्षा निकाय परिचालित हुने बताए । “निर्वाचन केन्द्रित सुरक्षा योजना तयार भई कार्यान्वयनमा गइसकेको छ”, उनले भने ।
प्रजिअ शर्माका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन् । त्यस्तै, दुई हजार ३०३ जना निर्वाचन प्रहरी परिचालनका लागि छनोट तथा नियुक्तिको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।
निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइएको प्रजिअ शर्माले बताए । जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको उनको भनाइ छ ।
मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको जनाइएको छ । आज हुने उम्मेदवारको मनोनयन दर्ताका लागि सुरक्षादेखि सबै व्यवस्थापकीय तयारी चुस्त बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।
कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइड र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले बताए । भीडभाड हुन नदिन राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको उनले जानकारी दिए ।