
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रिलिजअघि नै ‘किङ’को आक्रामक व्यापार : ४०० करोड बजेट, ६६५ करोड आम्दानी सुरक्षित
- हारको जिम्मेवारी आफ्नै काँधमा लिँदै दीपकराज गिरीले भने, ‘छाती खोलेरै हारियो भन्न सक्नुपर्छ, कमजोरीको आत्मसमीक्षा नगरे भविष्य कमजोर हुन्छ’
- ‘पाँच पाण्डव’को ट्रेलर–२ मा सभ्य समाज निर्माणको अभियान
- पाँच पाण्डवमा जितु नेपालको भूमिका: पूर्ण रूपमा भीमको चरित्र होइन, म इँट्टाभट्टाको मजदुर हूँ!
- भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे
- मङ्सिर ५ मा लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव
- एनपीएलमा बन्यो दश अर्धशतक
- आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
- मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक
- नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च
नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए
नवलपुर,
यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिए ।
“गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिएका छन्”, उनले भने, “गत वर्षकोभन्दा यस वर्ष चराको सङ्ख्या र प्रजाति वृद्धि भएको छ ।”
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका छन् । नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्कअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिए ।

“सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो”, उनले भने, “यस वर्ष विगत केही वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ ।”
नेपालमा ९०३ प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष उक्त प्रजाति फेला परेका संयोजक चौधरीले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो ।
सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले जानकारी दिए । उनका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् ।
Prev Post