सुचना, समाचार र मनोरन्जन
jaar

आफ्नो जन्मदिनमा केकीको भाई बिम्बलाई हिरो बनाउने घोषणा

काठमाडौं :

आफ्नो जन्मदिनको अवसर पारेर अभिनेत्री केकी अधिकारीले भाईलाई हिरो बनाउने घोषणा गरेकी छन्। बुधबार जन्मदिन मनाइरहेकी केकीले भाई बिम्बलाई अर्को वर्ष फिल्ममा अभिनय गराउने घोषणा गरेकी हुन्।

‘स्वर’बाट फिल्ममा डेब्यु गरेकी केकीले अभिनयमा पाइला राखेको १४ वर्ष पुरा हुनै लागेको छ। जनवरीमा उनको अभिनय करिअरले १४ वर्ष टेक्दैछ। फिल्म ‘कोलहलपुर एक्प्रेस’निर्माण गरेकी डुबेकी केकीको पछिल्लो फिल्म ‘बोक्सीको घर’ सुपरहिट भयो। यो फिल्म हिट भएपछि केकीले अर्को फिल्मको घोषणा गरेकी छैनन्।

तर यहि मेसोमा उनले सन् २०२५ मा होम प्रोडक्सन ब्यानर केकी अधिकारी फिल्म्सले नयाँ फिल्म निर्माण गर्ने योजनामा रहेकी छन्। उनका भाई बिम्बले मण्डला नाटकघरमा केहि नाटकहरुमा समेत अभिनय गरेका छन्। तर चर्चामा आउने भने सकेका छैनन्।

Leave A Reply

Your email address will not be published.