सुचना, समाचार र मनोरन्जन
Pdms

केरुङमा अलपत्र नेपालीलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदियो

काठमाडौँ,

रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा रोकिएका नेपालीलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ ।

नेपाल सरकारको अनुरोधमा चीनको परराष्ट्र विभागले केरुङमा रोकिएका दुई सय तीन जनालाई आज तातोपानी नाका ल्याएर नेपाली पक्षलाई जिम्मा लगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिम्मा लिएका उनीहरूलाई सीधै काठमाण्डौतर्फ ल्याइने पनि अधिकारीले जानकारी दिए।

गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पुल र सडक भत्काएपछि नाकाको तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरूलाई चीनले अहिलेसम्म खाने, बस्नेलगायतका सुविधा दिएर राखेको थियो ।

Leave A Reply

Your email address will not be published.