सुचना, समाचार र मनोरन्जन
jaar

मिलियन भ्युजमा ‘यो दुनियाँ त बेग्लै भएनी’

काठमाडौं :

खेम सेन्चुरी र देवी घर्तीको स्वरमा रहेको ‘यो दुनियाँ त बेग्लै भएनि’ वान मिलियन भ्युज पुग्न सफल भएको छ। अनिश दवाडीको शब्द, संगीत, खेम सेन्चुरी र देवी घर्तीको स्वर समेटिएको मर्मश्पर्शी गीतको भिडियोलाई दर्शकले दश लाख पटक हेरेका हुन्।

भिडियोमा कपिल भट्ट, सोफी धरेल, जुना कार्कीको जिवन्त अभिनय रहेको छ भने सुनिता सुवेदी निर्माता, दिनेश पराजुली छायांकार, मनोज कार्की सम्पादन र केशबराज भट्टको कथा एवं निर्देशन रहेको छ। गीतको भिडियोलाई अधिकांशले तारिफ गरेका छन्। १४ सय भन्दा बढि कमेन्टकर्ताले सबैको काम राम्रो भएको प्रतिक्रिया दिएका छन् भने १६ हजारले गीतको भिडियोलाई लाइक गरेका छन्।

प्रायःबेफुर्सदिलो रहने केशवराजले यसअघि ‘बिछोडको घाउ’,‘पाउजु मेरो कोही त छ’, ‘तु लैला लागि रे’, ‘इस्कका आलाम’ जस्ता नेपाली र हिन्दी गीतसहित सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

Leave A Reply

Your email address will not be published.