सुचना, समाचार र मनोरन्जन

क्षेत्री महिला समाजको रक्तदानमा ४६ युनिट रक्त संकलन

पोखरा,

क्षेत्री महिला समाज नेपाल, कास्कीले आज पोखरामा गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रक्त संकलन भएको छ।

समाजमा बसेपछि सामाजिक उत्तरदायित्व बहन गर्नु हाम्रो कर्तव्य हो । क्षेत्री महिलाहरुलाई विभिन्न सामाजिक कार्यमा अग्रसर गराईरहेको परिप्रेक्षमा जोखिममा परेको कसैको पनि जिवन बचाउन सहयाेग पुग्ने उदेश्यले रक्तदान आयोजना गरिएको अध्यक्ष गंगा देउजा के.सी.ले बताईन् ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशीक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा पृथ्वीचोकमा गरिएको रक्तदानको शुभारम्भ पहिलो रक्तदाता तथा समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापालाई व्लड व्याग हस्तान्तरण गरि गरिएको थियो । उक्त व्याग समाजका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि रिब बहादुर थापाले हस्तान्तरण गरेका थिए । महासचिव थापा यो ८१ औं पटकको रक्तदान थियो । प्रमुख अतिथि थापाले समाजका महिला दिदिबहिनीहरुले रक्तदान आयोजना गरेकोमा आभार व्यक्त गर्दै सबैभन्दा ठूलो पुन्यको काम गरेको बताए । उनले भने, यो धेरै ठूलो तीर्थ हो । यस्तो मानविय संवेदनासंग, स्वास्थ्यसंग जोडिएका विषयहरुमा कार्य गर्नु महत्वको कुरा हो । यस्ता कर्म गरेपछि तीर्थ गर्नका लागि अन्यत्र जानै पदैन ।

Pach Pandav

नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरु अग्रसर भएर जिवन बचाउने अभियानमा जोडिनु र रक्तदान कार्यक्रम आयोजना गर्नु धेरै राम्रो काम गरेको बताईन् । संयोगले ६० वर्षको इतिहासमा कास्की रेडक्रसले महिला नेतृत्व पाएको छ । र म महिलाले नै आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा गर्व लागेको छ उनले भनिन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्किले समाजलाई स्वस्थ बनाउन र आफु पनि स्वस्थ रहन रक्तदान अति आवश्यक भएको बताए । उनले भने, म पनि हरेक तीन तीन महिनामा रक्तदान गरिरहन्छु तपाँई पनि गर्नुस् । यसले आफु पनि स्वस्थ भईन्छ र अरुको जिवन बचाउन सकिन्छ ।

सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले आफुले रगतको बारेमा चासो लिने गरेको बताउँदै हरेक व्यक्तिले तीन तीन महिनामा रक्तदान गरेर रगतको अभावमा छटपटिएका कसैको जिवन बचाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।

क्षेत्री महिला समाजका सचिव माया भण्डारीले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अर्चना बस्नेत लगायतले आगामी दिनहरुमा पनि विविध सामाजिक कार्यका साथमा रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिईने बताईन् । कार्यक्रम अध्यक्ष गंगा देउजा के.सी.को अध्यक्षतामा भएको थियो ।

Leave A Reply

Your email address will not be published.