काठमाडौँ,
काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ।
बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्धले जनाएको छ ।
बुद्धको ७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर७२–५००’ का सबै यात्रु सकुशल रहेको कम्पनीले जनाएको छ ।