सुचना, समाचार र मनोरन्जन

खानेपानीको पाइप लाइनमा एक वर्षमै साढे ६ करोड रुपैयाँभन्दा धेरै क्षति

सरकारी निकायले एकआपासमा समन्वय नगरी काम गर्दा काठमाण्डौ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइप लाइनमा एक वर्षमै साढे ६ करोड रुपैयाँभन्दा धेरै क्षति भएको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा ६ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको पाइएको हो ।

महालेखाको विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा १ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । यस्तै सडक विभागले काम गर्दा २ करोड ८० हजार, ललितपुर महानगरपालिकाले काम गर्दा १ करोड १२ लाख ७३ हजार र अन्य निकायका तर्फबाट १ करोड ७१ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुगेको थियो ।

Leave A Reply

Your email address will not be published.