सुचना, समाचार र मनोरन्जन

सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को रहस्यमय कथा बताउने पोस्टरमा सुरक्षादेखि मोनिकासम्म

काठमाडौं :

आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य,समापिका गौतम,मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन्।

रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रङ्गको संयोजनमा तयार पारिएको छ। यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ। पोस्टरमा चन्द्रमा पनि समावेश छ,जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ।

अगाडि हेडफोन लगाएकी अभिनेत्री सुरक्षा पन्त फिल्मकी प्रमुख पात्र रहेको पोस्टरले जनाउँछ। ुखेलु शीर्षक पनि फरक शैलीमा डिजाइन गरिएको छ। फिलमलाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन्। यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ। अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा चलचित्रले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ।

यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो।निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह(निर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन्। चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्। संवाद विष्णु गैरेले लेखेका छन्।

फिल्मको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन्। ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन्। फिल्मको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।

Leave A Reply

Your email address will not be published.