सुचना, समाचार र मनोरन्जन
jaar

‘अञ्जिला’हेर्नका लागि हलमा उत्साहजनक दर्शक

काठमाडौं :

फागु पूर्णिमाको अवसर पारेर गत बिहीबार प्रदर्शनमा आएको ‘अञ्जिला’ले दर्शकको उत्साहजनक साथ पाइरहेको छ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्मलाई लिएर दर्शकको उपस्थिति बाक्लो रुपमा उपस्थिति भइरहेको छ।

प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको उल्लेख्य उपस्थिति रहेको यो चलचित्रले हलहरूमा दैनिक शो सङ्ख्या वृद्धि गर्दै लोकप्रियताको नयाँ उचाइ छोएको निर्माण पक्षको दाबी छ। वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दिन १०५ शोबाट यात्रा सुरु गरेको थियो। दर्शकको बढ्दो मागसँगै शुक्रवार ११४, शनिवार १३४ र मङ्गलवारसम्म आइपुग्दा १७० भन्दा बढी शो पाएको छ। यो तथ्याङ्कले फिल्मप्रति दर्शकको सकारात्मक प्रतिक्रिया र उच्च मागलाई स्पष्ट पारेको छ। प्रारम्भिक दिनदेखि नै सकारात्मक प्रतिक्रियाका कारण,फिल्मले थप शोहरू प्राप्त गरेको निर्देशक मिलन चाम्सले बताए।

कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिलाको प्रेरणादायी जीवनयात्रालाई फिल्मले जीवन्त रूपमा प्रस्तुत गरेको छ। यो मिलन चाम्सको ११औँ निर्देशकिय फिल्म हो । प्रेमकुमार श्रेष्ठले निर्माण भएको यो फिल्ममा एन्जिलाका अलवा माओत्से गुरुङ,दयाहाङ राई,सिर्जना सुब्बा,सुमिन गुरुङ,सुनिल थापा,बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतले अभिनय गरेका छन्।

यहीँ फिल्ममा समावेश गीत ‘रात किन हुन्छ हजुर’टिकटक तथा सामाजिक सञ्जाल भरिएका छन्। थानेश्वर गौतम र शान्ति श्री परियारको स्वर रहेको यस गीतमा प्रभा बर्तौलाको शब्द तथा थानेश्वरको सङ्गीत सुन्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.