सुचना, समाचार र मनोरन्जन
jaar

‘साङ्लो’ र ‘राजागञ्ज’की अभिनेत्रीले निकिताले संजय भन्सालीको फिल्ममा काम गर्ने

काठमाडौं :

पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले बलिउडमा अभिनय गर्ने भएकी छन्। उनले प्रसिद्ध भारतीय फिल्म निर्देशक संजयलीला भन्सालीको आगामी फिल्ममा काम गर्ने पक्का भएकी हुन्।

नेपाली फिल्म ‘साङ्लो’ र प्रदर्शनरत फिल्म ‘राजागञ्ज’मा अभिनय गरेकी चाण्डकले इन्स्टाग्राममा भन्सालीसँगको तस्वीर सेयर गर्दै चाण्डकले भन्सालीको सिनेम्याटिक विश्वको सानो हिस्सा बन्न पाउँदा गर्व महसुस भएको उल्लेख गरेकी छन्। नेपाली फिल्ममा कमै अवसर पाएकी थिइन्। उनले बलिउडमै अभिनय गर्ने भएपछि उनी उत्साहित भएको निकिताले आफ्नो सामजिक सञ्जालमा लेखेकी छन्।

उनी लेख्छिन्, ‘संजयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो ।’

भन्सालीको कुन फिल्ममा अभिनय गर्न लागेको हो भन्ने बारे निकिताले भने उल्लेख गरेकी छैनन्। भन्सालीको आगामी फिल्म ‘लभ एण्ड वार’ हो जुन रोमान्टिक ड्रामामा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल लगायतका स्टार कलाकार देखिनेछन्। यसमा नै निकिता हो की भन्ने अनुमान गरिएको छ। उनले केहि नभनेकाले यसबारेमा आकलन गर्न सकिएन।

Leave A Reply

Your email address will not be published.