सुचना, समाचार र मनोरन्जन
jaar

पूर्वराजा ज्ञानेन्द्रलाई भिलेन भन्दै आफुलाई हिरो दाबी गरे प्रचण्डले

काठमाडौं :

गत फागुन ७ गते पुर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको छेको पारेर आफु अब सक्रिय हुन समय आएको बताएपछि नेपालमा राजनीतिक दलका नेताहरु चर्किन थालेका छन्। यसैबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजालाई मुर्ती चोरदेखि भाइमारासम्मको आरोप लगाउदै धेरै नउचालिन चेतावनी समेत दिएका छन्। मंगलबार सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले फेरि मूर्खता गरे त्यसको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिएका छन्।

उनले पुर्वराजालाई चेतावनी दिदै भने, ‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत् गणतन्त्रको निम्ति आधार तयार हामीले पार्‍यौँ र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै भनेको थिए उनले धेरै मूर्खता नगरेको भए अझै केही वष उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए नेताहरुलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे।’
उनले थपे,‘भिलेनको रुपमा ज्ञानेन्द्रको भुमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ।’

पुर्वराजाको आफुलाई साथ दिन भनेपछि काठमाडौंमा राजाबादीहरुले चर्को नारा लगाउन थालेका छन्। उनले शाहलाई भिलेनको संज्ञा दिएका छन्। ‘फेरि पनि ज्ञानेन्द्र शाहको भुमिका महत्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ। कुनै कथा, साहित्य, उपन्यास हिरोले मात्रै चल्दैन, भिलेन पनि चाहिन्छ,’उनले भने,‘भिलेनको रोल सक्रिय भएन भने हिरो पनि राम्रो सफल नहुन सक्छ। भिलेन अलि खतरनाक भएर आयो भने तागतका साथ काम गर्दछ।’

उनले राजावादीको प्रतिकारमा समेत उत्रन आह्वान गरेका छन्। निकै अतालिएका जस्ता देखिएका प्रचण्डले आफ्नो अधिकार र क्रान्तिलाई अगाडि बढाउन आफ्ना कार्यकर्तालाई सुनाए। उनले अगाडी भने,‘नेपाली जनतालाई अझ अधिकार सम्पन्न बनाउन, अझ सचेत हुन र समाजवादी क्रान्तिको यात्रामा अगाडि बढाउन नयाँ संकल्पको आधार तयार पारेका छन्।’

Leave A Reply

Your email address will not be published.