सुचना, समाचार र मनोरन्जन

चिजकुमार श्रेष्ठको सर्ट फिल्म ‘खुसी’ सार्वजनिक

काठमाडौं :

फिल्म निर्माता चिजकुमार श्रेष्ठले सर्ट फिल्म ‘खुसी’ सार्वजनिक गरेका छन्। शुक्रबार सरस्वती पूजाको अवसर पारेर उक्त सर्ट फिल्म रिलिज गरिएको हो।

सर्ट फिल्म ‘खुसी’मा अनुभवी तथा नयाँ कलाकारहरूको सशक्त संयोजन देख्न सकिन्छ। फिल्ममा सुशील पोखरेल, सपना श्रेष्ठ पण्डित, नानी थापा कोइराला, कमल कोइराला, प्रिजा मिश्र, रश्रिता ठाकुरी, स्वस्तिका दाहाल र सागर घिमिरेले अभिनय गरेका छन्।

Chaka Panja

फिल्मका निर्माता सुवासराज काफ्ले हुन् भने निर्देशन प्रधुम्न मिश्रले गरेका छन्। पटकथा, संवाद तथा सहायक निर्देशनको जिम्मेवारी सायद एच कार्की (दुर्गा)ले सम्हालेका छन्।

सर्ट फिल्मको संगीत बिनोद भुजेलले दिएका छन्। सम्पादन तथा कलर चन्दन दत्त र अतुल कर्णले गरेका हुन्। पोस्टर डिजाइन पनि अतुल कर्णकै रहेको छ। साउन्ड मिक्सिङ शैलेश श्रेष्ठले गरेका छन् भने आर्ट डाइरेक्टरको रूपमा सायद एच। कार्की ९दुर्गा० रहेका छन्।

क्यामेरा, उपकरण तथा लाइट्सतर्फ रविन्द्र बराल, जयन्द्र रावल, ईश्वर बल्लभ र रामशरण उप्रेतीको योगदान रहेको छ।

Leave A Reply

Your email address will not be published.