काठमाडौं :
२०८१ सालको सुपरहिट नेपाली फिल्म ‘खुश्मा’ युट्युबमा रिलिज भएको छ। धीरज मगर र उपासनासिंह ठकुरी शीर्ष भूमिकामा रहेको यस फिल्म मंगलबार केन्द्र मोसन पिक्चर्सको आधिकारिक युट्युब च्यानलमार्फत स्ट्रिमिङ गरिएको हो।
‘रुकुम मैकोट’ गीतमार्फत विश्वव्यापी चर्चा कमाएको फिल्म ‘खुश्मा’ सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा आधारित छ। कथाले द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले भोग्नुपरेको पीडालाई प्रस्तुत गर्दै त्यसबीच विकसित हुने मुख्य पात्रहरूको प्रेमकथालाई समेत समेटेको छ।
फिल्ममा माओत्से गुरुङ, राज थापा काउचा, विजय सुब्बा, सुजाता राई, अस्तित्व भट्टचन, अरुण मगर, राजु रेग्मी मगर र संगीता थापालगायत कलाकारहरूको अभिनय रहेको छ।